पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले बनायो बनायो समिति
विराटनगर । कोसी प्रदेश सरकारले पहिचान पक्षधरको मागबारे औपचारिक छलफल गर्न समिति गठन गरेको छ ।

प्रदेशसभा बैठकले गत वर्षको फागुन १७ गते प्रदेशको नाम (कोसी) पारित गरेदेखि आन्दोलनरत पहिचान पक्षधरसंग बार्ता गर्न गठित समितिमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्यसचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए।
मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगु संयोजक रहेको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संशोधन स्विकृत, केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० सिफारिस गर्ने, प्रदेश सांसद विनोद वान्तबा राईको कुटनीतिक राहदानीका लागि सिफारिस गर्ने र १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि कोसी प्रदेश बालबालिक संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता तथा मन्त्री राईले बताएका छन् ।

