त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर सार्बजनिक
काठमाडौं।विद्यार्थी भर्नादेखि परीक्षाको नतिजासम्म नियमित नभएको भन्ने आरोप खेपिरहेको त्रिविले समयसीमा नै तोकेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
त्रिविको परीक्षा सुधार तथा समन्वय परिषद्को माघ ३ मा बसेको बैठकले शैक्षिक क्यालेन्डर प्रकाशित गर्न स्वीकृति दिएको थियो ।शैक्षिक क्यालेन्डरमा वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको कार्यक्रम समावेश छ ।

