कामनपाले माग्यो सबै सरकारी विद्यालयहरुसंँग सम्झौता अनुसारको प्रगति विवरण
काठमाडौं।काठमाडौं महानगरपालिकाले पहिलो चरणमा भएका सम्झौताको प्रगति प्रतिबेदन पेश गरेर दोश्रो चरणको बजेट माग गर्न सबै सरकारी (सामुदायिक)विद्यालयलाई आग्रह गरेको छ।

महानगरपालिकाले पहिलो चरणको बजेट निकासाका क्रममा कामपा शिक्षा विभाग र विद्यालयबीच भएको सम्झौता र नर्म्स बमोजिमको प्रतिवेदन पेश गर्दै दोस्रो चरणको बजेट माग गर्न प आग्रह गरेको हो।महानगरपालिकाले त्यसका लागी माघ २१ गतेसम्मको समयसीमा तोकेको छ।
महानगरको शिक्षा विभागले भनेको छ, ‘वातावरण सफा, सुन्दर र कलात्मक बनाउने उद्देश्यअनुसार विद्यालयमा सुन्दर विद्यालय परियोजनाअन्तर्गतको पहिलो चरणको बजेट निकासा भइसकेको व्यहोरा विदितै छ, बजेट निकासाका क्रममा कामपा शिक्षा विभाग र विद्यालयबीच भएको सम्झौता र उपलब्ध गराइएको नर्म्स बमोजिम निकासा भएको बजेट नियमानुसार खर्च गरी २१ गतेसम्ममा अनिवार्य रुपमा प्रगति प्रतिवेदन पेश गर्नु हुन साथै दोस्रो चरणको बजेट माग गर्नु हुनसमेत अनुरोध छ।’

