पाथीभरा देवीको मन्दिरमा अहिलेसम्म संकलन भयो झण्डै ९ करोड भेटी



फुङ्लिङ।ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा अहिलेसम्म रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ भेटी संकलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले दिएको जानकारी अनुसार गएको एक महिनामा दर्शन गर्न पुगेका भक्तजनले चढाएको भेटी तथा दानसहित सो भेटी संकलन भएको हो।उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो। पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्