माओवादी केन्द्रले फागुनमा विधान अधिवेशन गर्ने
काठमाडौँ । माओवादी केन्द्रले अगामी फागुनमा बिधान महाधिवेशन गर्ने भएको छ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशन गर्ने निर्णय गर्दै १ गतेदेखि ३ गतेसम्मको मिति तय गरेको हो ।
यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो । सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ ।

