सोताङमा अंग्रेजी माध्यम शिक्षण तालिम सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोताङमा शिक्षकहरुका लागि संचालित अंग्रेजी माध्यम शिक्षण ५ दिने तालिम समापन गरिएको छ।

सोताङ गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोगमा संचालित तालिमको गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले समापन गर्नु भएको हो।कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले शिक्षकका लागि तालिम निरन्तर आवश्यक हुने भन्दै आगामी वर्षमा पनि पुनः तालिमको आयोजना गर्ने बताउनुभयो। पालिकाको आधारभूत शिक्षालाई अंग्रेजी माध्यमबाट पठन पाठन गरेर गुणस्तर वृद्धि गर्ने उद्देश्य रहेको भन्दै कुनैपनि आधारमा उक्त सपना पुरा गर्ने बताउनुभयो। तालिममा महत्त्वपूर्ण सहयोग गरेकोमा रीड नेपाललाई धन्यवाद दिनुभयो भने सिकेको कुरा प्रयोग गर्न आग्रह गर्नुभयो !

समापन कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले तालिमले शिक्षकहरुलाई मार्गनिर्देशन गरी सिकाइको भोग जगाउने काम गर्ने भएकोले बाँकी मिहिनेत शिक्षक स्वयंले गर्नु पर्ने बताउनु भयो तालिममा सिकेका सिप बालबालिकासम्म पुगे पछी मात्र तालिम सफल भएको मानिने बताउदै तालिमको सीपलाई कक्षा कोठामा लैजान अनुरोध गर्नु भयो।

तालिममा सहभागीहरुले तालिम अत्यन्तै उपयोगी भएको बताएका थिए तालिममा अंग्रेजी भाषा मात्र नभएर आफुहरुले शिक्षण विधिहरु समेत सिक्न पाएकोले थप प्रभावकारी भएको भन्दै व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।पालिका भित्रका ६० जना शिक्षक सहभागी भएको तालिममा रीड नेपालका प्रशिक्षक सरद गौतम, अभिषेक विक्रम शाह , राजीव ढुंगाना र जुनु हिराचनले गरेका थिए तालिम अंग्रेजी माध्यमको पठनपाठनमा लक्षित थियो !

प्रतिक्रिया दिनुहोस्