प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जीन पीङबीच हाङछाओमा भेट



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जीन पीङको बिच भेटबार्ता भएको छ।

१९ औं एसियन गेमको उद्घाटन समारोहमा भाग लिने क्रममा चिनियाँ समकक्षी प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा एक हप्ताका लागि राजकीय भ्रमणमा उहाँ संयुक्त राज्य अमेरिकाबाट चीनको हङकङ हुँदै चीनको हाङछाओ प्रान्तमा आज बेलुका भेटबार्ता भएको हो।

भेटबार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहालले बार्ता को नेतृत्व गरिरहनुभएको छ भने चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपति सि जीन पीङले गर्नु भएको छ।प्रचण्ड आइतबार मात्रै राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया समकक्षी ली छियाङबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ।

एक साता चीनमा बिताउने प्रधानमन्त्री असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्