अमेरिकाबाट गोश्‍वारा हुलाकमार्फत पार्सलमा गाँजा !



काठमाडौं । अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ ।

उक्त गाँजा रिसिब गर्ने पाँचजना पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा पर्सा वीरगंज–१६ का डल्लु राम, सोहीका हबिब मिया पक्राउ परेका हुन् । अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै वीरगंज हुलाक कार्यालयमा रिसिब गर्ने गरी २६८ ग्राम गाँजा पठाएको खुलेको हो ।

त्यस्तै, २४ भदौमा अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्ली बजार हुँदै जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुनेगरी पठाइएको अर्को एक कार्टुन भित्रसमेत गाँजा भेटिएको छ । (सांकेतिक तस्बिर)

पोखरा हुलाक कर्यालयमा पठाएको कार्टुनभित्र एक किलो ४०० ग्राम गाँजा भेटिएको ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए । पोखराबाट गाँजा रिसिब गर्न खोज्ने समूहका तीनजना पक्राउ परेका हुन्प।क्राउ पर्नेका डडेलधुरा, गन्यापधुरा–१ का रेनुका तामाङ, भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पक्राउ गरेको छ ।

तामाङले उक्त गाँजा अरुण र नइमको रहेको बताएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्