छोरी मानुषीसहित भारततिर उडे बाबुराम



काठमाडौं।नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारततर्फ प्रस्थान गरेका छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा भन्दै छोरी मानुषीसहित भारत प्रस्थान गरेका उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रवचन दिने बताईएको छ ।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल-भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी अब असोज ५ गते मात्रै स्वदेश फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्