प्रदेश अधिबेशनका लागि ५ गते प्रतिनिधि छनौट गर्न पालिका कमिटीहरुलाई सोलु एमालेको परिपत्र



सोलुखुम्बु।नेकपा एमाले कोशी प्रदेश कमिटी अधिबेशनका लागि सोलुखुम्बुका आठ वटै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनौट गरिने भएको छ।

असोज १२ र १३ गते हुने अधिबेशनका लागि १०० नविकृत पार्टी सदस्य बराबर १ प्रतिनिधि छनौट गर्न जिल्ला कमिटीले परिपत्र गरेको छ ।भदौ ११ गते प्रदेश कमिटीबाट जारी परिपत्र कार्यान्वयनका लागि भन्दै जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’द्वारा शुक्रबार जारी परिपत्रमा सबै पालिका कमिटीलाई असोज ५ गते प्रतिनिधि छनौट गरी ६ गते निर्बाचित प्रतिनिधिको नाम,थर ठेगाना,सदस्यता स्वीकृत मिति र एक प्रति फोटो जिल्ला कमिटी पठाई सक्न आग्रह गरिएको छ।

बिशेष परिपत्रमा प्रतिनिधि छनौटको इकाई पालिका कमिटी र उत्पीडित जाति र मजदुर संगठनको हकमा प्रतिनिधि सभा निर्बाचन क्षेत्रलाई आधार मानिने उल्लेख गरिएको छ।

जनाईए अनुसार नेचासल्यान,थुलुङ दुधकोशी,खुम्बुपासाङल्हामू,सोलुदुधकुण्ड नगरपालिका र लिखुपिकेबाट एक महिला सहित दुई जना र सोताङ,महाकुलुङ र माप्य दुधकोशीबाट एकएक जना प्रतिनिधि छनौट हुनेछन्।गाउँपालिका कमिटीले निर्बाचन संयोजक र सदस्य तोकी प्रतिनिधि छनौट गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्