धरानका उपमेयर बेघाको घरमा हतियारधारीको आक्रमण,भाई घाइते
काठमाडौं।धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारधारी समूहले आक्रमण गर्दा उनका कान्छा भाई घाइते भएका छन्।हतियारसहित घरमा पसेका समूहले खुकरी प्रहार गर्दा उपप्रमुख बेघाका कान्छा भाइ विष्णु बेघाको देब्रे गालामा चोट लागेको प्रहरीले जनाएको छ।

धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लका अनुसार खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको छ । धरान १५ स्थित खोरिया बस्तीका अराजक युवाहरूले आक्रमण गरेको स्थानीयले बताएका छन्।
हतियारधारी समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उपप्रमुख बेघाले प्रहरीलाई फोन गरेर बोलाएका थिए ।

