श्रीकृष्ण जन्माष्टमीको मुर्ति विसर्जन यात्रामाथि आक्रमण गर्नेमाथि कारबाही गर्न माग



काठमाडौं। सर्लाही जिल्लाको मलङ्गवामा श्रीकृष्ण जन्माष्टमीको मुर्ति विसर्जन यात्रामाथि शुक्रबार भएको आक्रमणको घटनाप्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुस्लिम समुदायका व्यक्तिहरुले घरभित्रबाट अश्लिल गालीगलौज गर्दै तातोपानी फ्याक्ने तथा ढुङ्गामुढा गर्दा मुर्ति विसर्जन गर्न गएका स्थानीय भक्तजनहरु गम्भीर घाइते भएको भन्दै परिषदले घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय समक्ष जोडदार माग समेत गरेको छ ।

महिला तथा बालबालिका समेतलाई लक्षित गरी मुस्लिमहरूद्वारा गरिएको उक्त आक्रमणको घटनाले सम्पूर्ण सनातन हिन्दु समाजलाई आहात एवं आक्रोशित बनाएको उल्लेख गर्दै परिषद्द्वारा जारी बिज्ञप्तिमा भनिएको छ,-‘उक्त घटनामा संलग्न कट्टर जिहादीहरुलाई कारवाही गर्नुको साटो निर्दोष हिन्दु युवाहरुलाई प्रहरीद्वारा हिरासतमा लिइनुले प्रहरीको कार्यशैलीप्रति पनि प्रश्न चिन्ह खडा भएको छ । पक्राउ गरिएका हिन्दु युवाहरुलाई नि:सर्त रिहा गरिएन भने हामी कठोर कदम चाल्न बाध्य हुनेछौं ।’

सनातन हिन्दू धर्मलाई समाप्त पार्ने मनसायले हिन्दू विरोधी तत्वहरु सक्रिय रहेकाले यस्ता हिन्दू विरोधी तत्वहरुलाई निरुत्साहित गर्न सबैलाई संगठित भई अगाडी बढ्न आग्रह गर्दै परिषदले आपसी एकता कायम राख्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन दवाव सिर्जना गर्न समेत अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्