माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा गर्न अझै बाँकी छ : प्रधानमन्त्री प्रचण्ड
गोर्खा।प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड’ले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा गर्न अझै बाँकी रहेको बताउनुभयो ।

सुरेश वाग्लेले अध्यापन गराउनु भएको श्री जनता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४ औं स्मृतिसभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुएको हो ।
सुरेश वाग्ले `वासु´ लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताउनुभयो ।
त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर गरिएको बताउनुभयो ।
अहिले सत्य निरोपण तथा बेपत्ता सम्बन्धि बिधयेक प्रक्रियामा रहेको बताउँदै पारित भएपछि देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने बताउनुभयो । file foto

