सोलुखुम्बुकाे नेचासल्यानमा सञ्चालित नि:शुल्क दन्त शिबिरमा ३५२ जनाले लिए सेवा



डिल्ली शर्मा,साेलुखुम्बु।साेलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सञ्चालित नि:शुल्क दन्त शिविरबाट ३५२ जनाले सेवा लिएका छन्। ।

विपि विचार राष्ट्रिय समाज सोलुखुम्बु तथा ओम डेन्टल चावहिलको संयुक्त आयोजनामा शुक्रबार सञ्चालित एकदिने शिविरमा दाँत उखाल्ने, सफा गर्ने तथा दन्त सेवा सम्बन्धि सेवा प्रवाह गरिएकाे थियाे।

शिविरको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले उद्घाटन गरेका थिए।शिविरमा गाउँपालिका भन्दा बाहिरी क्षेत्रका नागरिकले पनि सेवा लिएको विपि विचार राष्ट्रिय समाज सोलुखुम्बुका अध्यक्ष चन्द्र राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्