डेंगुका कारण वडाध्यक्ष मुकुन्द रिजालको निधन



काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए । नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापतिसमेत रहेका रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।

फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्