सहमहामन्त्री यादव आक्रमण प्रकरण : नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा
काठमाडौं।सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएपछि नेविसंघले विज्ञप्ति निकालेर गृहमन्त्रीको राजीनामा मागेको हो ।
‘मुलुकमा आमनागरिकको जिउ, ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीप्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने नेविसंघको भनाइ छ ।
रिपोर्टस क्लबद्वारा आयोजित साक्षात्कारमा सहभागी भएर फर्कने क्रममा यादव माथी खुकुरी प्रहार भएको थियो।उनको हाल बीरको ट्रमा सेण्टरमा उपचार भइ रहेको छ।

