सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं।६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार नेपाल-भारत सीमाबाट पक्राउ गरेको सीआईबीले जनाएको छ।
यससंगै ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

