पेप्सीकोला–काँडाघारी सडकखण्डमा भयानक दुर्घटना,७ जना घाइते
काठमाडौं ।काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा भयानक दुर्घटना भएको छ।एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिंदा भएको दुर्घटनाम ७ जना घाइते भएका छन्।

बा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बा प्र ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
कोटेश्वर प्रहरी प्रमुख अच्युत गिरीका अनुसार घाइतेहरुको मीनभवनस्थित सिभिल अस्पतालमा पठाइएको उनको भनाइ छ।

