यसरी सुरु गर्‍यो सोलुखुम्बुमा माओवादी केन्द्रले’जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान



सोलुखुम्बु। सोलुखुम्बुका विभिन्न वडामा विविध कार्यक्रम गरि नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सुरु गरेको छ ।

जिल्लाका विभिन्न वडामा रचनात्मक कार्य गरी सोलुखुम्बु जिल्लामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु गरिएको प्रदेश स्तरीय सूचना संकलन तथा प्रचारप्रसार समितिका सदस्य भोजराज कार्कीले जानकारी दिए ।

कार्यक्रम सुरुवातका अवसरमा शनिबार प्रदेश समिति सचिवालय सदस्य तथा जिल्ला संयोजक असिम राईले खुम्बुपासाङ ल्हामु गाउँपालिकाका युवाहरुलाई भलिबल वितरण गर्नुका साथै शहिद परिवारलाई सम्मान तथा खाद्यन्न वितरण गरेका छन । वर्तमान व्यवस्था ल्याउनको लागि १० वर्षे जनयुद्ध, त्यसका नायक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सहित युवा तथा शहिद परिवारको भुमिका महत्वपुर्ण रहेको भन्दै संयोजक राईले इतिहासलाई भुल्न नहुने बताए ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले दिप्लीघाटको झुलुङ्गे पुलबाट मोटरसाइकल आवतजावत गर्ने गरि बाटो निर्माण कार्य सूरु गरेको छ ।

दुधकोशी नदिमा रहेको बेलिबृज बाढीले बगाइ सवारी आवगमन बन्द भएपछि मोटरसाइकलको लागि बैकल्पिक मार्ग निर्माण गरिने प्रदेश समिति सदस्य गणेश कुमार राईले जानकारी दिए ।

यस्तै मुक्लीमा दुधकोशी सामुदायिक अस्पताल देखि वीरेन्द्रदोय मावि मुक्ली जाने सडक सोलिङ गरिएको प्रदेश स्तरीय सूचना संकलन तथा प्रचारप्रसार समितिका सदस्य कार्कीले जानकारी दिए ।

जिल्लाको महाकुलुङ गाउँपालिकामा पनि शहिद परिवारसंग भेटघाट सहित अन्तरक्रिया गरिएको छ ।

सोताङमा पनि कार्यक्रम सुरुवातका क्रममा शहिद परिवार संग भेटघाटसंंगै सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीलाई फलफुल वितरण गरिएको छ । प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह इन्चार्ज ठमनाथ पराजुली(ध्रुव)को नेतृत्वमा रहेको टोलीले दुधकोशी नदिमा बेलिबृजमा क्षति पुगि सवारी आवगमन बन्द भएपछि भएको मृल्य वृद्धि तथा कालोबजारीलाई नियन्त्रण गर्न सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने समेतको कार्यक्रम गरेको बताइएको छ।

नेचा सल्यान गाउँपालिका भित्रका विभिन्न सडक सरसफाई तथा सामान्य मर्मत गरिएको प्रदेश समिति सदस्य घनश्याम नेपालीले जानकारी दिए।

प्रदेश समिति सदस्य तथा जिल्ला सचिव नाम्गेल शेर्पाका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा विरामीलाई फलफुल वितरण गरिएको छ भने तिङ्लामा लाग्ने साप्ताहिक हाट परिसर सरसफाई गरिएको छ । यस्तै सहिद परिवारसंग भेटघाट कार्यक्रम रहेको उनको भनाई छ।

उता लिखुपिके गाउँपालिकाको ५ वटौ वडामा पार्टीको वडा कार्यालय स्थापना गरिएको छ ।

गाउँपालिकाको समग्र विकास निर्माण लगायतको विषयमा गाउँपालिका प्रमुखसंग आवश्यक छलफल हुने प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह इन्चार्ज हिमाल गिरीले जानकारी दिए ।
सडक तथा गोरेटो बाटो सरसफाई देखि फोहोर फुयाक्ने डस्बीन राखिएको छ । शहिद परिवारसंग भेटघाट तथा सम्मान सहित जनचेतनामुल्क कार्यक्रम लगायत अन्तरक्रिया समेत गरिएको माप्यदुधकोशी पार्टी कमिटी अध्यक्ष प्रकाश खालिङले जानकारी दिए।

मंसिर १५ सम्म देशैभर सञ्चालन हुने अभियानको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज उद्घाटन गरेका थिए।अभियान सञ्चालनका लागि सोलुखुम्बुमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एकचन्द्र बराल खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्