नेपाली भूभागलाई भारतको क्षेत्रमा देखाएर नक्सा प्रकाशन गरेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौ।चीनले नेपालको नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको क्षेत्रमा देखाएर नक्सा प्रकाशन गरेको भन्दै चीन भ्रमण रद्द गरेका छन्।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले प्रकाशित नक्सामा नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरिएको भन्दै चीनको कदमको विरोधमा आज बिहीवारदेखि हुने भनिएको पाँच दिने चीन भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर बालेन्द्र शाहको भनाइ छ ।नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

