जघन्य अपराधीलाई जोगाउने गरी सरकारले बिधेयक ल्याएको भन्दै महामन्त्री थापाको आपत्ति
काठमाडौ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जघन्य अपराधीलाई जोगाउने प्रावधान राखेर सरकारले बिधेयक ल्याएको भन्दै आपत्ति प्रकट गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले कांग्रेसलाई राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको बताए।महामन्त्री थापाले भन्दै यो विधेयकको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गरे । उनले यो विधेयकको भारी बिसाउन र हटाउन कानूनमन्त्रीलाई आग्रह गरे । उनले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरु हेपिनेकि नहेपिने यसपटक देखाउनुपर्ने बताए ।
उनले भने, ‘यो विधेयकमा मुलुकी फौजदारी संहीताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याएको छ, नेपाली काँग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण को व्यवस्था हामीलाई स्वीकार्य छैन । माननीय कानूनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । file foto

