गठबन्धनलाई सहयोग गर्ने सर्तमा संसदीय समितिको सभापति लिएको होइन : राप्रपा अध्यक्ष लिङ्देन



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले गठबन्धनलाई सहयोग गर्ने सर्तमा नभइ दलको संख्याका आधारमा संसदीय समितिको नेतृत्व लिएको बताएका छन्।

राप्रपाले कोशी प्रदेशमा बर्तमान गठबन्धनलाई सहयोग गर्ने सर्तमा प्रतिनिधिसभा अन्तर्गतको पूर्बाधार बिकास समितिको नेतृत्व लिएको प्रचार भइरहेका बेला मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन्।

‘प्रतिपक्षी दलको हैसियतले हामीले संसदीय समितिमा दलहरूको हैसियतअनुसार स्थान हुनुपर्छ भनेका थियौं। सोही अनुसार एउटा समिति पाएका छौं। हामीले एउटा समिति प्राप्त गर्नुलाई कुनै सर्तसँग गाँस्नु हो भने एमालेले तीन समिति पाएको छ। उसले अहिलेको गठबन्धनलाई के सघाउने सर्तमा त्यो प्राप्त गरेको हो? उनले प्रश्न गरे।

सोमवार भएको संसदीय समितिको निर्बाचनमा राप्रपाले संसदको पूर्बाधार तथा बिकास समिति सभापति निर्बिरोध निर्बाचित भएको थियो।नेकपा माओवादी केन्द्रको भागमा परेको सो समिति गठबन्धनलाई सहयोग गर्ने सर्तमा राप्रपाले प्राप्त गरेको बताईएको थियो।सो समितिको सभापतिमा राप्रपाका दीपक बहादुर सिंह निर्बाचित भएका छन् । उनका लागि माओवादी केन्द्रका माधव सापकोटाले सो पद त्याग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्