वडा सदस्य राईको निधनमा शोक मनाउंन सोलुदुधकुण्ड नगरपालिकामा मंगलबार बिदा
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले नगरपालिका वडा नं-१ का वडा सदस्य तथा समाजसेवी टेकबहादुर राईको निधनप्रति गहिरो दु:ख व्यक्त परिवारजनमा समबेदना प्रकट गरेको छ।

नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले सोमबार शोक वक्तब्य जारी गर्दै राईको अल्पायुमै भएको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै गहिरो दु:ख प्रकट गरेका हुन्।
क्यान्सर पीडित ४६ बर्षीय वडा सदस्य राईको आजै निधन भएको थियो।वडा सदस्य राईले नगरको बिकासका लागि पुर्याएको योगदानको आफुहरुले सदैव सम्मान र स्मरण गरिरहने नगरप्रमुख शेर्पाद्वारा जारी शोक बक्तब्यमा उल्लेख गरिएको छ।
शेर्पाले वडा सदस्य राईको निधनमा शोक मनाउन मंगलबार नगरपालिका र मातहतका कार्यालयहरु बन्द रहने पनि जनाएका छन् ।

