काठमाडौंमा बसोबासरत नेचासल्यानका बास्तोला बन्धु भेला सम्पन्न, एघार सदस्यीय तदर्थ समिति गठन



काठमाडौं।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाबाट काठमाडौं आई बसोबास गरिरहेका बास्तोला बन्धुहरुको भेलाले ‘नेचासल्यान बास्तोला समाज’ गठन गर्ने निर्णय गरेको छ।

शनिबार काठमाडौंको पेप्सीकोलामा सम्पन्न भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरी समाज दर्ताका लागि कानुनी प्रक्रिया पुरा गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको नवगठित तदर्थ समितिका सचिब दिनराज बास्तोलाले जानकारी दिए।

इन्द्रकुमार शर्मा बास्तोलाको अध्यक्षतामा गठित १३ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा कुलप्रसाद शर्मा,सचिबमा दिनराज बास्तोला,सहसचिवमा श्रीमती चन्दा बास्तोला र कोषाध्यक्षमा सुश्री कल्पना बास्तोला रहेको बताईएको छ।

समितिमा नन्दराज बास्तोला,दीपक बास्तोला,शम्भुहरी बास्तोला,कुन्ताकुमारी फुयाल बास्तोला,हुतराज बास्तोला र इन्द्रकुमार बास्तोला सदस्य रहेको सचिब बास्तोलाले जानकारी दिए।भेलाले समाजको बिधानसमेत सर्बसम्मत रुपले पारित गरेको थियो।

भेलामा समाजको अगुवाईमा पहिरोका कारण घरबास विहिन भएका नेचासल्यान- ५ का राजन बास्तोलालाई विभिन्न ब्यक्तिसगं सहयोग जुटाएर ३ लाख ४ हजार २ सय एकानब्बे र क्यान्सर पीडित मनिषा बास्तोलालाई २१ हजार ५ सय असी रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी गराईएको थियो।

प्रतिक्रिया दिनुहोस्