धरानमा गोरु काटेर सामाजिक एकता भड्काउन खोजिएको एमाले अध्यक्ष ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानमा गोरु काटेर सामाजिक एकता भड्काउन खोजिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै पुर्वप्रधानमन्त्री ओलीले जसले गाईलाई गौमाता भन्छन्, उनीहरूलाई भड्काउनका लागि त्यसो गरिएको बताए । उनले भने, ‘समाजमा सेन्टिमेन्ट पनि हुन्छ । त्यो पनि हेर्नुपर्छ ।’
यस्तै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्वेष फैलाउन खोजेको आरोप पनि लगाएका छन् ।file foto

