बल्ल तय भयो संसदीय समितिका सभापति चयनको मिति
काठमाडौँ।प्रतिनिधिसभा सुरु भएको झण्डै ८ महिना पुग्नलाग्दा संसदीय समिति चयनका लागि निर्बाचनको मिति तय भएको छ ।संसद्को कार्य व्यवस्था परामर्श समितिको बिहिवारको बैठकले संसदीय समितिका सभापति चयनका लागि भदौ ११ गते १ बजे निर्बाचन गर्ने गरि मिति तय गरेको हो।

दलहरूबीच सहमति नहुँदा संसदीय समितिहरूले नेतृत्व पाउन नसकिरहेका बेला बिहीबार सभामुख देवराज घिमिरेले कर्य व्यवस्था समितिको बैठक राखेका थिए।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति छन् भने राष्ट्रियसभाका सदस्यहरूको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति छन्। त्यसमध्ये नेपाली कांग्रेसले ४ वटा, एमालेले ३, माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १-१ वटा समितिको सभापति पाउने यसअघि नै दलहरूबिच सहमति भइसकेको छ।

