कोशी प्रदेश : बिश्वासको मत बैधानिकता परीक्षण फेरि अदालतकै जिम्मा!



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने संकेत गरेको छ ।
प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएको घोषणा गरिएपछि एमालेले अदालत जाने संकेत गरेको हो।

सोमबार मुख्यमन्त्री थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा घोषणा गरिएको थियो।एमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको प्रतिक्रिया दिएको छ।

यसअघि पनि थापालाई मुख्यमन्त्री बनाउन तत्कालीन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेकोविरुद्ध पनि एमालेले अदालत गुहारेको थियो।सो मुद्दामा सर्बोच्चले असंबैधानिक भन्दै थापाको मुख्यमन्त्री पद खारेज गरेको थियो।त्यसपछि सभामुख गौतमलाई राजीनामा गराएर थापा फेरि मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्