ललिता निबास प्रकरणमा पूर्बप्रधानमन्त्रीद्वय भट्टराई र नेपालले दिए बयान
काठमाडौं।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ।

सिआइबी उच्च स्रोतका अनुसार आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान लिइएको हो। ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।
उक्त प्रकरणमा सर्वोच्च अदाललते पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिइसकेको छ।
तर, सिआइबीले पूर्वप्रधानमन्त्री भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि बयान लिएको थिएन।
गठबन्धनका नेताहरूले पूर्वप्रधानमन्त्रीलाई बोलाएर सिआइबीले बयान लिँदा गलत नजिर बस्ने तर्क गरेका थिए।
स्रोतका अनुसार बयानका लागि सिआइबीको टोली नेपालको पनि घरमै पुगेको थियो।
ललिता निवास प्रकरणमा सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। सकेसम्म छिटो प्रतिवेदन बुझाउने गरी काम भइरहेको स्रोतले बतायो।

