माओवादी केन्द्र सोलुखुम्बुले बोलायो जिल्ला समन्वय समितिको बैठक,भदौ ८ गते बस्ने
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जिल्ला समन्वय समितिको बैठक बोलाएको छ।

जिल्लामा पार्टीले सुरु गरेको ‘जनतासंग माओवादी,बिशेष रुपान्तरण अभियान’ कार्यान्वयनबारे छलफल गर्न भदौ ८ गतेका लागि बैठक बोलाईएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक अशिम राईले जानकारी दिए।
जिल्ला समन्वय समिति,सोलुखुम्बुको सभाहलमा हुने बैठकमा पार्टीले सञ्चालन गरेको तीन महिने अभियानलाई वडातहसम्म सञ्चालन गर्ने बारे छलफल हुने उनले बताए।

