कांग्रेसले कांग्रेसलाई नै हराउँदा गर्ब गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ : कार्की



काठमाडौं।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले कांग्रेस भएर कांग्रेसलाई नै हराउँदा गर्ब गर्ने परिपाटीको अन्त्य हुनु आवश्यक रहेको बताएका छन्।

नेपाल बिद्यार्थी संघ र तरुण दलको केन्द्रीय समितिमा हालै मनोनीत सदस्यहरुलाई बधाई तथा शुभकामना दिंदै कार्कीले सो कुरा बताएका हुन्।राजधानी काठमाडौंको कमलपोखरीमा आयोजित सो कार्यक्रममा नेता कार्कीले सोलुखुम्बुमा कांग्रेस एक ढिक्का हुने हो भने कहिल्यै पनि अर्को दलसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नरहेको दावी गरे।’सोलुखुम्बुमा कांग्रेस कहिल्यै कमजोर छैन र हुंदैन पनि तर बलियो हुँदाहुँदै पनि हामीले पराजय ब्यहोर्नुपरिरहेको छ,त्यो कसैका कारण होईन, हाम्रो आफ्नै कारणले हो।अब कांग्रेसले कांग्रेसलाई नै हराउने परिपाटीको अन्त्य गर्नुपर्छ’,-उनले भने।

‘सय जना क्रियाशील सदस्य भएको ठाउँमा त्यसको आधा पनि भोट पार्टीलाई आउंदैन’ वरिष्ठ नेता शेखर कोइरालासंगको भेटको स्मरण गर्दै कार्कीले भने,-‘भन्ने बेलामा कांग्रेस भन्ने अनि भोट अर्कैलाई दिने आत्मघाती कदमको अन्त्य गर्न जरुरी छ।

पार्टी भित्र मौलाउंदो गुट,उपगुट र अन्तर्घातका कारण कांग्रेस अहिले अधोगतीतर्फ धकेलिई रहेकोमा चिन्ता व्यक्त गर्दै कार्कीले यसको अन्त्य गरेर पार्टीलाई एकढिक्का बनाउन प्रमुख भूमिका निर्बाह गर्न नेबिसंघ र तरुण दलका केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका थिए।

सोलुखुम्बुबाट नेबिसंघमा १० र तरुण दलमा ४ जना केन्द्रीय सदस्य मनोनीत भएका छन् । सोलुखुम्बुबाट नेबिसंघ केन्द्रीय सदस्यमा दिनराज बांँस्तोला सहित बाबुराम आचार्य,पूजा फुयाल,बाबुराम भट्टराई,गीता गुरुङ,तारा बहादुर खत्री (मिलन), पारस बस्नेत,इ. बबिन बस्नेत,फुरिन्जी शेर्पा र जीवन बस्नेत तथा तरुण दलको केन्द्रीय सदस्यमा नवीन थापा,पुष्कर बास्तोला,अशोक झा र अश्विनबाबु थापा मनोनीत भएका छन्।

कार्यक्रममा उपलब्ध मनोनीत सदस्यहरुलाई खादा लगाएर सम्मानित गरिएको नेबिसंघका केन्द्रीय सदस्य दिनराज बास्तोलाले जानकारी दिए।

कार्यक्रममा कांग्रेस नेताहरु खिलराज बस्नेत,युवराज घिमिरे,कर्मा शेर्पा,आअङछिरिङ शेर्पा,हुतराज बस्नेत,राबहादुर बस्नेत,निरकुमार शर्मा,शम्भुहरि बास्तोला,तरुण दलका केन्द्रीय सदस्यत्रय पुष्कर बास्तोला, नवीन थापा,अस्बिनबाबू थापा र नेबिसंघ केन्द्रीय सदस्य गीता गुरुङ लगायतका नेताहरुले आ-आफ्नो धारणा राखेको बास्तोलाले बताए।

प्रतिक्रिया दिनुहोस्