तरुण दलका केन्द्रीय सदस्य नबिन,अस्विन र नेबिसंघ केन्द्रीय सदस्य गीता गुरुङ सम्मानित
काठमाडौं।नेपाल तरुण दलका केन्द्रिय सदस्यद्वय नवीन थापा,अस्विन थापा र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गीता गुरुङ सम्मानित भएका छन्।

नेपाल विद्यार्थी संघ त्रिचन्द्र कलेजले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाद्वय गुरुङ त्रिचन्द्रका पूर्ब इकाई अध्यक्षद्वय बिष्णु पौडेल ‘दाइ’ र कृष्ण जैसी,सशांकश्री न्यौपाने (रामेछाप) सहित तरुण दल र नेबिसंघको केन्द्रीय समितिमा हालै मनोनीत सो कलेजका भूतपूर्व तथा बर्तमान विद्यार्थीहरुलाई सम्मानित गरिएको हो।
नेपाल विद्यार्थी संघका पूर्ब महामन्त्री सरोज थापाको प्रमुख आतिथ्य तथा अर्का पूर्ब महामन्त्री दीपक भट्टराईको बिशिस्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रम विद्यार्थी नेता संजयजंग थापाको सभापतित्वमा सम्पन्न भएको थियो।
त्रिचन्द्र कलेजका बर्तमान र भुपु विद्यार्थीमध्येबाट नेपाल तरुण दलको केन्द्रिय समितिमा १३ र नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा ४३ जना सदस्य मनोनीत भएको त्यस अवसरमा जानकारी गराईएको थियो।

