एमालेमा थपिए दुई केन्द्रीय सदस्य,दुईजनालाई गर्यो बिदाई
काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सोही बैठकले केशव स्थापितसहित २ जना केन्द्रीय सदस्यलाई पार्टीले बिदाइ गर्ने निर्णय पनि गरेको छ। स्थापित र यादवको राजीनाम स्विकृत गरेर पार्टीले उनीहरूलाई बिदाई गरेको हो।
त्यस्तै सुदूरपश्चिम प्रदेशका शंकरदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको एमालेले संगठन विभागको सचिवमा केन्द्रीय सदस्य माधव ढुंगेललाई मनोनयन गरेको छ । संगठन विभागको प्रमुखमा काशीनाथ अधिकारी छन् ।

