सक्कली डाक्टर पक्राउविरुद्ध चिकित्सक संघद्वारा कडा कदम चाल्ने चेतावनी



काठमाडौं।नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ ।

नक्कली कागजातको घटनामा सक्कली डाक्टरलाई पक्राउ गरिएको घटनामा काउन्सिलका अधिकारीले गलत विवरण उपलब्ध गराएको र सीआईबील सोही व्यक्तिलाई पक्राउ गरेको भन्दै यस्तो माग गरेको हो ।

“घटनालाई गम्भीर रुपमा लिई कानुनी कारबाही अघि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघ यथाशीघ्र कडा कदम चाल्न बाध्य हुनेछ,” संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ । सीआईबीले निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको र यो घटनाले समग्र चिकित्सकीय सेवालाई दूषित तुल्याउने कार्य गरेको संघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्