सामान्य प्रशासन मन्त्री मोदीले आजै राजीनामा दिने
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आजै मन्त्रीपदबाट राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषद्बाट फिर्ता बोलाउने निर्णय गरेसंगै उनले राजीनामा दिने तयारी गरेका हुन्।आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई मन्त्रिपरिषद्बाट फिर्ता बाेलाउने निर्णय गरेको थियो।
सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री प्रचण्डले मोदीलाई फिर्ता बोलाउने निर्णय गराएका हुन्।
मन्त्री मोदीले आफूले आजै राजीनामा दिने बताएका छन् । उनले परिस्थिति बुझेर आजै छाडेर जाने निर्णय लिएको बताएका छन् ।

