किराँत राई कर्मचारी मञ्चको अध्यक्षमा खिलराज र महासचिवमा अबिलाल
काठमाडौं।किराँत राई कर्मचारी मञ्चको अध्यक्षमा नेपाल सरकारका उपसचिब खिलराज राई चयन भएका छन्।

राजधानी काठमाडौंमा शनिबार सम्पन्न मञ्चको ५ औं केन्द्रीय महाधिवेशनबाट राई दोश्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्।अधिबेशनले मञ्चको उपाध्यक्षमा अनिल किराँतीं,महिला उपाध्यक्षमा कोपिला राई,महासचिवमा अविलाल राई, सचिवद्वयमा योग्यप्रसाद राई र जंगबहादुर राइ,कोषाध्यक्षमा ध्यानबीर राई,सह-कोषाध्यक्षद्वयमा विश्वनाथ राई र चन्द्रशेर राईलाई चयन गरेको मञ्चले जनाएको छ।
सदस्यहरुमा रन्जना राई,सदन राई,हिराधन राई,सन्जिब राई, बलराम राई,खोमबहादुर राई, शान्तराज राई,रेखा राई,खम्बराज राई, पुजा राई,शकुन्तला राई,नानुकला राई, नवीन राई,संगम राई,अन्जना राई, विनोद राई, विकास राई, तारादेवी राई,उषा कुमारी राई,धनमाया राई,मैयाँ राई र जितबहादुर राई चयन भएको महासचिव राईले जानकारी दिए।

