नेचासल्यानमा राहत शिक्षकको स्थानीय समिति गठन,अध्यक्षमा भण्डारी



काठमाडौं।नेपाल राहत शिक्षक नेचासल्यान गाउँपालिकाको भेला सम्पन्न भएको छ ।

भेलाले बीरबहादुर भण्डारीको अध्यक्षतामा १७ सदस्यीय स्थानीय कार्यसमितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा योगमाया पन्थी, कोषाध्यक्षमा आङडिकी राई,सह सचिवमा बाबुराम गौतम र सचिबमा प्रेमप्रसाद कटेल रहनुभएको छ भने सदस्यहरुमा क्रमशः सुवास भण्डारी, रीता शर्मा, शान्ति राई, मेनुका शर्मा, समिता राई, सीता शर्मा, राजेश्वरप्रसाद शाह, पुटकप्रसाद भट्टराई, तोयानाथ कटेल, दिपक कटेल, सबिता राई र कुमारी शर्मा रहनु भएको छ ।

भेला स्थानीय कार्यसमिति संयोजक बीरबहादुर भण्डारीको अध्यक्षता,जिल्ला कार्यसमिति अध्यक्ष खगिन्द्रराज बास्तोलाको प्रमुख आतिथ्यता तथा प्रदेश समिति सदस्य सुरेशकुमार बास्तोलाको बिशेष आथिथ्यता सम्पन्न भएको हो ।

भेलामा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति तथा राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसारका कार्यक्रममा राहत शिक्षकहरुको उल्लेख्य सहभागिता जनाउने, पेसागत हकहित र सुनिश्चितताकालागि प्रतिबद्ध भएर लागिपर्ने लगायतका विविध विषयमाथि छलफल भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्