प्रचण्डले आफ्नो पार्टीका नेतालाई जोगाएर अन्य नेतालाई भ्रष्टाचारको मुद्दामा फसाईरहेका छन : जितजंग
काभ्रे।नेपाली कांग्रेसका युवा नेता जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार मुद्धामा माओवादी केन्द्रका नेताहरुलाई संरक्षण गरेर अन्य नेतालाई निसाना बनाइरहेको आरोप लगाएका छन्।

आफ्नो नेतालाई भ्रष्टाचारी नदेख्ने,अर्को नेतालाई देख्ने !हिजो प्रचण्डले हत्या गरेको र भौतिक संरचना भत्काएको घटनाको पनि बिषयको पनि फाइल खुल्नुपर्छ,काभ्रेमा आयोजित कार्यक्रममा उनले भने-‘हामी पनि गठबन्धनमा छौं,भ्रष्टाचारका फाईल खोलौं र उच्चस्तरीय आयोग गठन गरेर छानबिन गरौं।’
सुन तस्करी मुद्धामा आफ्ना नेताहरु सबै चोखो, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख पात्र,नेताहरु बर्षमान पुन र कृष्ण बहादुर महरालाई बचाएको तर पक्रिएकालाई राजश्व र सिआइबीले थुन्न नमानेको बताए।
भ्रष्टाचार मुद्धामा जेल परेका बाहिरी छिमेकी मुलुकका उदाहरण दिँदै आफ्नो पार्टी बाहेककालाई मात्रै भ्रष्टाचारी देख्दा प्रचण्ड पनि जेल जानुपर्ने उनको भनाई छ। प्रचण्ड आफ्नै मुर्खताले जेल जान सक्ने उनको भनाई थियो। file foto

