क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौं। एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। दुई चिनियाँ नागरिक पक्राउ परेका छन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको बताईएको छ। सीआईबी स्रोतका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ली गैलिन र लिओ फुयान छन्।
हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको छ ।सिआइबीले यसअघि १८ जनालाई पक्राउ गरी सो प्रकरणको अनुसन्धान गरिरहेको छ।

