अपरेसन चार्ली फक्सट्रोट : पक्राउ पर्ने डाक्टरको संख्या ६ पुग्यो
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेसँगै यसमा समातिनेको संख्या ६ पुगेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा सिआईबीले पाँच जना डाक्टर पक्राउ गरेको थियो।नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित डा. रामबाबु यादव, डा. एरिना यादव,डा. रञ्जितकुमार यावद र डा. अमृत चौधरीलाई पक्राउ गरेको हिजो पक्राउ गरेको थियो।
पक्राउ परेका कांग्रेस सांसद शर्मा सय क्वीन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थ मन्त्री संलग्न रहेको भन्दै राजीनामा नदिए संसदमै अनशन बस्ने चेतावनी दिएका थिए।

