खोलामाथि राखेको स्ल्याब हटाउन खोज्दा कपनमा तनाव



काठमाडौं।हरेक बर्ष बर्षायाममा डुबानमा पर्दै आएको बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्र सात तले कपन क्षेत्रको खोलामाथि डोजर चल्न थालेपछि तनाव उत्पन्न भएको छ ।

खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि तनाव उत्पन्न भएको हो ।
बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीय बिरोधमा उत्रिएका हुन्।त्यसका लागि बुढानिलकण्ठतर्फका जनप्रतिनिधिले स्थानीयलाई उक्साई रहेको देखिएको छ।

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् । उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ । खोलाको तलतर्फ ह्युम पाइप राखिएको छ । जसमा खोला साँघुरिएपछि सानो पानी पर्दासमेत आसपासका बासिन्दा डुबानको समस्या बेहोर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्