तीन दलले मात्रै भागबन्डा गरेर अरुलाई निषेध नगर्न राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले तीन दलले मात्रै भागबन्डा गरेर अरुलाई निषेध नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले देश र अर्थतन्त्र ध्वस्त हुँदा पनि प्रमुख दलबीच भागबन्डा मिलिरहेको टिप्पणी गर्दै गैरसंवैधानिक काम कसरी भइरहेको छ भन्ने यो उदाहरण भएको बताए । तीन दलको नेता बस्ने भागबन्डा मिलाउने भएको छ । संसदीय समितिको निर्माण कसरी गर्ने भनेर नियमावलीमा उल्लेख छ । तर यो तीन दलले मिलाउने हो ?’ उनले भने, ‘कसैलाई पनि निषेध गरेर जाने कसैले कल्पना नगरौं । जनमतको चाहना पनि यो होइन ।’file foto

