नेबिसंघको केन्द्रीय तदर्थ समितिमा बास्तोलासहित सोलुखुम्बुबाट १० सदस्य मनोनीत
सोलुखुम्बु।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा सोलुखुम्बुबाट दिनराज बास्तोलासहित १० जना मनोनीत भएका छन्।

दुजाङ शेर्पा अध्यक्ष रहेको नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले सात सय १० सदस्य मनोनीत गरेसंगै सो समिति सात सय ११ सदस्यीय बनेको छ।
समितिमा सोलुखुम्बुबाट बांँस्तोला सहित बाबुराम आचार्य,पूजा फुयाल,बाबुराम भट्टराई,गीता गुरुङ,तारा बहादुर खत्री (मिलन), पारस बस्नेत,इ. बबिन बस्नेत,फुरिन्जी शेर्पा र जीवन बस्नेत रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्।

