वीर अस्पतालको डाक्टर र गृहको कर्मचारी बताएर लाखौं ठगी गर्ने यादव पक्राउ



काठमाडौं।आफुलाई वीर अस्पतालको डाक्टर र गृह मन्त्रालयको कर्मचारी बताउंदै पेशेवर रुपमा ठगी गर्ने तथा लिखत सम्बन्धी कसुरमा संलग्न एक ब्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं.३ स्थायी घर भएका सतेन्द्र अधिकारी भन्ने सत्यन्द्र प्रसाद यादव छन्।उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको हो।

उनले बीरअस्पतालमा जागीर लगाईदिने र आफन्तलाई आफन्तहरुलाई बैदेशिक रोजगारको लागि क्यानडा,इजरायल लगायतका देशमा सरकारी कोटामा पठाइदिने आश्वासन दिएर तीस लाख पचपन्न हजारभन्दा बढी ठगी गरेको कार्यालयले जनाएको छ।कार्यालयका अनुसार यादव बिभिन्न ब्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमति पत्र समेत लिएर फरार रहेको तथा बिकाश पाण्डे नाम गरेको व्यक्तिको मोटरसाईकलको बिलवुकमा आफ्नो फोटो टाँसी किर्ते समेत गरेका थिए।

उनलाई ठगी सम्बन्धी कसुर र लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान एबम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाईएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्