सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस सांसद शर्मा
काठमाडौं।नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा दिनुपर्ने बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभाअन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।
गत बुधबार विमानस्थलबाट भन्सार जाँचपास हुँदासमेत नियन्त्रणमा लिन नसकेको करिब एक क्विन्टल सुन राजस्व विभागले बरामद गरेको घटना लिएर उनले गृहमन्त्री र अर्थमन्त्री नैतिकताका आधारमाम राजीनामा दिनुपर्ने बताएका हुन् ।
सांसद शर्माले प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नुपर्ने बताए ।file foto

