नेपाल आईस हक्कि संघकाे साधारणसभा सम्पन्न



काठमाडौं।नेपाल आईस हक्कि संघकाे साधारण सभा संघका अध्यक्ष एवं वाग्मती प्रदेश सभाका सभामुख भुवन पाठकको अध्यक्षतामा सम्पन्न भएको छ।

साधारण सभाको उदघाटन गर्दै अध्यक्ष पाठकले आईस हक्कि नेपालमा अत्यन्तै संभावना रहेको खेल भएको वताए,उनले अव आईस हक्कीलाई नेपाली युवामाझ पुर्याउँदै लाेकप्रिय खेलकाे रूपमा विकास गरिने वताए।

संघका उपाध्यक्ष विजय खडकाले नेपालमा खेल पर्यटनकाे लागि पनि याे संभावना युक्त खेल रहेको बताउँदै हिमाली भेगकाे हावापानी सुँहाउदाे खेल भएकोले नेपालकाे लागि याे सुँहाउदाे भएको र आगामी दिनहरूमा नेपालमा द्रुत गतिमा आइस हक्किको विकास गरिने वताए ।

साधारण सभामा संघका महासचिव गणेश रिमालले प्रस्ताव गरेको विधान संसाेधन सर्वसम्मतिले पारित भएको थियोे। सो साधारण सभामा काठमाडौं जिल्ला आईस हक्कि एसाेसिएसन काे तर्फवाट अध्यक्ष प्रज्वल थापाले केन्द्रिय अध्यक्ष एवम सभामुख पाठकलाई सम्मान गरेका थिए। साधारणसभामा केन्द्रीय पदाधिकारी लगायत विभिन्न जिल्लाका प्रतिनिधिले भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस्