यसरी गर्छन् म्यानपावर कम्पनीले बद्मासी



काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत जान लागेका एक सय २६ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलले जनाएको छ।

‘श्रम स्वीकृति लिएर गएका भए पनि अन्य कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको हो’, सुवेदीले भन्नुभयो, ‘कसैको करारपत्रमा कम्पनीको एउटा नाम र श्रम स्वीकृतिमा अर्कै नाम पनि देखियो यस्तै देखाउने भिसा एउटा र झोलामा अर्कै भिसा भएका पनि देखिए ।’

उहाँकाअनुसार बुधबार बेलुकी ९८ जना र बिहीबार बिहान २८ जना गरी जम्मा एक सय २६ जनालाई कुवेत जानबाट रोकिएको हो । उनीहरुमध्ये अधिकांश महिला रहेको बताइएको हो।

अध्यागमनले उनीहरुलाई घरेलु कामदारको रुपमा जान लागेको आशंका गरेको छ । घरेलु श्रमिकका रुपमा कुवेतमा जान मिल्दैन । तर विभिन्न म्यानपावर कम्पनीहरुले झुटा विवरण पेस गरेर घरेलु कामदारमा पठाउन खोजेको भन्ने सूचनाका आधारमा अध्यागमनमा कडाइ गरिएको सुवेदीले बताउनुभयो ।

अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले थप अनुसन्धान गरी यसरी श्रमिक पठाउने म्यानपावर कम्पनीमाथि थप कारबाही अगाडि बढाइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्