प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ।प्रचण्ड पत्नी सीता दाहालको आज बिहान बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो।

प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट पीडित दाहालका ६९ वर्षको उमेरमा निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माले पुष्टि गरे।

उनलाई स्वास्थ्यमा समस्या आएपछि आजै बिहान अस्पताल भर्ना गरिएको थियो। दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवार नर्भिक पुगेको छ।

प्रतिक्रिया दिनुहोस्