सुर्के मनाङ एयर हेलिकप्टर दुर्घटना : यी हुन् ज्यान गुमाउने यात्रु
काठमाडौं।मङ्गलबार बिहान ९:५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सिमानामा पर्ने लामजुराको भकान्जेस्थित च्यानडाँडामा दुर्घटना हुँदा क्याप्टेन चेत गुरुङसहित सवार ५ जना मेक्सिकन नागरिकको मृत्यु भएको छ ।
मंगलबार बिहान सोलुखुम्वुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

प्रहरीले उद्धारको काम जारी रहेको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्याउन गुमाउने सबै मेक्सिकन नागरिक हुन् ।अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान भएको छ। जसमा
१. सिफुन्जेस जी. फर्नान्डेज (पुरुष)
२. गोन्जालेस आब्रिला (महिला)
३. गोन्जालेस ओलासियो लुस (महिला)
४. सिफिुन्तेस जी. मारिया होसे (महिला)
५. रिनलोल स्माइल (पुरुष)रहेका छन
लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटनामा परेको हेलिकप्टर ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको थियो। सोहीक्रममा सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका–५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
बिहान १० बजेर १२ मिनेटपछि हेलीकप्टर सम्पर्कविहीन भएको थियो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए ।
यसैबीच,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाका सन्दर्भमा प्रभावकारी उद्धार गर्न निर्देशन दिएका छन् ।
‘दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,’ उनले भने । त्यसअघि उनले भने,’सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ ।’file foto

