बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर खाईन्न : हर्क साम्पाङ
काठमाडौँ ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बरु जंगलमा कन्दमूल खोजेर खाने तर भारतको दलाली नगर्ने बताएका छन्।

राजनीतिक दलका नेताहरू लक्षित टिप्पणी गर्दै सोमबार साँझ सामाजिक सञ्जाल मार्फत साम्पाङले सो कुरा बताएका हुन्।
उनले चोर फटाहाहरुलाई माननीय भन्नु परेको भन्दै दिक्दारी समेत व्यक्ति गरेका छन् । साम्पाङले लेखेका छन्, ‘बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर खाइंन्न ! चोर फटाहाहरुलाई माननीय भन्नु परेको छ ! थुक्छु । ’

