इक्यान अध्यक्ष उम्मेदवार भट्टराईद्वारा निर्वाचन लक्षित पाँच प्रतिवद्धता सार्बजनिक



काठमाडौं । शैक्षिक परापर्श संघ (इक्यान)को आगामी असार ३० गते काठमाडौंमा हुने अधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष शेषराज भट्टराईले निर्वाचन लक्षित पाँच प्रतिबद्धता सार्बजनिक गरेका छन् ।

अधिवेशनलाई स्वच्छ, मर्यादित र व्यवसायिक प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ उनले सार्बजनिक गरेका निर्वाचनपूर्वका पाँच प्रतिद्धतामा नेतृत्वसँगै नीतिका विषयमा बहस गर्ने,चुनावी प्रतिस्पर्धामै उत्रनु पर्दा पनि व्यक्तिगत आरोप–प्रत्यारोपमा नउत्रने,निर्वाचन प्रचारलाई भड्किलो नबनाउने,अधिवेशन र निर्वाचन प्रक्रियापछि जस्तो परिणाम आए पनि संस्थाको हितबाहेक केही नसोच्ने र प्रतिस्पर्धालाई स्वच्छ र व्यवसायिक बनाउने कुरा उल्लेख गरिएको छ।

यसअघि संघको महासचिव र उपाध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले यसपालि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

वौद्धिक व्यक्तित्वको छवि बनाएका भट्टराई इक्यानभित्र सर्वप्रिय छन् । उनलाई सिंगो व्यवसायिक टिमको साथ, सहयोग र समर्थन छ । महासचिव र उपाध्यक्षको भूमिकामा रहँदा संघ र संघका सदस्यको हितमा गरेका सत्प्रयास नै शेषराजले भावी नेतृत्व पाउने दरिलो आधार हो ।संघमा अवद्ध सम्पूर्ण व्यवसायिक शैक्षिक परामर्शदाताको समर्थन भएकाले अधिवेशनले आफूलाई नेतृत्व सुम्पनेमा भट्टराई ढुक्क छन् ।

सकेसम्म सर्वसम्मत ढंगमा नै आफूले नेतृत्व पाउनेमा भट्टराई आशावादी छन् । सर्वसम्मत हुन नसके लोकतान्त्रिक विधिबाट अघि बढ्ने उनले बताए । कुशल नेतृत्व क्षमता भएका भट्टराई अर्विट इन्टरनेशनलका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्